प्रधानसेनापति क्षत्री भारत भ्रमणमा जाने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री भारत भ्रमणमा जाने भएका छन्। बुधबारदेखि उनी ६ दिने भारत भ्रमण जान लागेका हुन्।
सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रेस बिज्ञप्तीअनुसार भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको निमन्त्रतामा क्षत्री भारत भ्रमणमा जान लागेका हुन्।
देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिममा सहभागी हुन उनी भारत भ्रमणमा जान लागेका हुन्। आगामी २६ गते हुने अधिकृत आधार तामिलको आयुक्त पद प्रदान कवाजमा उनी अतिथिका रुपमा सहभागी हुने छन्।
क्षत्रीको अनुपस्थितीमा रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
भारत भ्रमण प्रधानसेनापति राजेन्द्र क्षत्री विपिन रावत