आत्मघाती हमलाकारीद्वारा ९ जना सर्वसाधारणको हत्या
नियामी । नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा ९ व्यक्तिको हत्या गरेका छन्।
प्रान्तीय राजधानी दिफ्फाखमा सोमबार राति अबेर भएको सो आक्रमणमा ९ जना मारिएका र ती सबैजना सर्वसाधारण भएका समाचारमा जनाइएको छ।
नाइजरमा यस प्रकारको आक्रमण बारम्बार बोको हराम आतङ्ककारी समूहले गराउँदै आएको पाइन्छ। यद्यपि यस आक्रमणको भने कुनै समूहले जिम्मेवारी लिएको पुष्टि भएको छैन।
नाइजर र नाइजेरियामा बोको हराम आतङ्ककारी समूहको बलियो पकड रहेको छ। यसअघि पनि नाइजेरियामा बोको हराम आतङ्ककारी समूहको हत्या हिंसा र अपहरणका घटनामा संलग्नता रहने गरेको थियो।
सो आतङ्ककारी समूहले विद्यालयका बालबालिकालाई समेत अपहरण गर्ने, उनीहरुलाई बलात्कार गर्ने तथा कतिपयलाई जबर्जस्त आफ्नो सशस्त्र दस्तामा भर्ना गर्ने गर्दछन्।
नाइजेरिया आत्मघाती हमलाकारी