News समाज प्रदेश ३

अबरुद्ध मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन 

अबरुद्ध मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन 

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि मंगलबार बिहान पौने दशबाट उक्त सडक दुईतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

 

चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि नारायणगढ मुग्लिन सडक अबरुद्ध भएको थियो । सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने तीन घण्टाभन्दा बढी समय लाग्ने देखिएको प्रहरीले बताएको छ ।

 

बिहान १० बजेदेखि ४ बजेसम्म नियमित हुँदै आएको बन्द भने जाम खुलेर यातायात सहज भएपछि मात्रै गरिने चितवन प्रहरीले जनाएको छ । उक्त  सडक बिस्तारको क्रममा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म यातायात बन्द गरिँदै आइएको हो  ।

विशेष