News अर्थ प्रदेश ३

उपत्यकामा अधिकाशं पम्पमा पेट्रोल र डिजेल अभाव 

उपत्यकामा अधिकाशं पम्पमा पेट्रोल र डिजेल अभाव 

काठमाडौ । काठमाडौं उपत्यकामा मात्रै हरेक दिन ५ लाख लिटर पेट्रोल र नौ  लाख लिटर डिजेलको अभाव देखिएको छ । ट्यांकर चालकले तेल नबोकेपछि राजधानी लगायत आसपास जिल्लाका अधिकांश पेट्रोल पम्पहरुमा तेल अभाव देखिएको हो । पेट्रोलियम पदार्थको ढुवानी गर्नेक्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्यवहार गरेको भन्दै चालकले दुई तीनदिनयता तेल बोकेका छैनन् । 

 

भारतीय प्रहरीले कुटपिट गरेको भन्दै चालकहरुले रक्सौल नाकाबाट तेल उठाएका छैन्न भने थानकोट र अमलेखगन्ज डिपोबाट समेत पम्पहरुसम्म ढुवानी गरेका छैनन्। यस कारण राजधानीका अधिकांश पम्प तेल नभएर बन्द गर्नुपरेको नेपाल पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिएका छन् । 

 

प्रधानले आइतबार चालकको हड्ताल, शनिबार सार्वजनिक बिदा परेको हुँदा तेल अभावको समस्या देखिएको बताए। त्यस्तै शनिबार मूल्य बढाउने तयारीमा रहेको निगमले शुक्रबार पम्पहरुलाई पठाउने तेलको अनुपात घटाएका कारण पनि पम्पहरुमा तेल अभाव भएको अध्यक्ष प्रधानले बताएका छन् । नेपाल आयाल निगमले भने चालकसँगको हड्ताल सोमबार दिउँसोबाट अन्त्य भएसँगै तेल लोडिङको कार्य सुरु भइसकेको बताएको छ।

 

 चालकहरुले हड्ताल छाडेर काममा फर्किसकेको भन्दै नियमित ढुवानी सुरु भइसकेको र मंगलबार साँझसम्ममा उपत्यकामा माग अनुसारको तेल आउने निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए। गोइतका अनुसार सोमबार मध्यान्हदेखि थानकोटसहितको डिपोबाट पम्पहरुमा तेल ढुवानी सुरु भइसकेकाले मंगलबार साँझबाट तेल अभावको समस्या सुल्झने देखिएको छ । 

पेट्रोल र डिजेल

विशेष