नेपालगञ्ज गोल्डकपमा सुदूरपश्चिम–११ र फ्रेण्ड्स क्लब खेल्दै
काठमाडाैं । नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार सुदूरपश्चिम–११ र फ्रेण्ड्स क्लब ललितपुरबीच खेल हुनेछ ।
बाँकेको खजूरा, डि गाउँमा रहेको खेल मैदानमा खेल ४ बजेबाट सुरु हुनेछ । सोमबार भएको उद्घाटन खेलमा एपीएफलाई शून्यका विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै आयोजक नेपालगञ्ज–११ ले विजयी सुरुवात गरेको थियो ।
२८ प्रतियोगितामा नेपालगञ्ज ११, लाली रुपन्देही ११, सुदूरपश्चिम ११, सशस्त्र प्रहरीको एपीएफ, फ्रेण्डस क्लब ललितपुर र सीएमजी संकटा क्लब गरी ६ समूहको सहभागिता रहेको उक्त खेल ७५ लाख राशीको लागतमा हुने छ ।