भाटभटेनीकोे ‘एनएस’ चिन्ह’ खारेज
काठमाडौं । भाटभटेनी समूहको लगानी रहेको काठमाडौ स्टील कम्पनीकाे ‘एनएस चिन्ह’ खारेज गरिएकाे छ ।
मंगलबार नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौ कम्पनीकाे एफर्इ (५ सय ग्रेडको फलामे रडको) ‘एनएस’ चिन्ह खारेज गरेको हो ।
तोकिएको गुणस्तर अनुसार उत्पादन नभएकाले एनएस खारेज गरेको नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । ‘टेन्साइल प्रपर्टी पाँच सय हुनुपर्नेमा साढे चार सय मात्रै भेटिएको महानिर्देशक पुडासैनीले बताए ।
उनका अनुसार टेन्साइल कम हुँदा भारवहन क्षमता कमजोर हुन्छ । कम्पनीको यो उत्पादन पूर्ण रुपमा बन्द हुने उनले बताए । उनले भने ‘अब कम्पनीले बजारमा बिक्री वितरण समेत गर्न पाउँने छैन् ।’
बजारमा पठाएको यो डन्डीको समेत नमूना परीक्षण भइरहेको पनि उनले बताए । यदि परीक्षणपछि गुणस्तरहीन देखिए सबै सामग्री जफत गर्ने उनले चेतावनी पनि दिए ।
यो उद्योगले एनएस १९१ प्राप्त गरेको विभागले बताएको छ । ८ देखि ३२ एमएमसम्मका एफई ५ सय ग्रेडका रिड छडमा कम्पनीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको थियो ।
उद्योगले कच्चा पदार्थ छनोटदेखि उत्पादनसम्ममा न्यूजिल्याण्डको प्रविधि प्रयोग गरेको दाबी गर्दै आएको छ ।
एनएस चिन्ह खारेज काठमाडौ स्टील कम्पनी