News समाज

प्रधानसेनापति क्षत्री भारत भ्रमणमा 

प्रधानसेनापति क्षत्री भारत भ्रमणमा 


काठमाडौं  । भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भारत प्रस्थान गरेका छन्।  देहरादुनस्थित भारतीय सेनाको मिलिटिरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको रिभिविङ अफिसरको रूपमा आतिथ्यताको लागि प्रधानसेनापति क्षत्री आज भारत प्रस्थान गरेका हुन्।

 

 क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।  भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।

 

भ्रमणको दौरान प्रधानसेनापति भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। क्षत्री जेठ २८ गते स्वदेश फिर्ता हुने सैनिक मुख्यालयले जनाएको छ । 

प्रधानसेनापति क्षत्री

विशेष