News समाज

लागुऔषध सहित चार जना पक्राउ

लागुऔषध सहित चार जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले छुट्टाछुट्टै घटनामा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका २, नागढुंगाबाट धनुषाको जनकपुर उपमहानगरपालिका ३२ घर भएका २५ वर्षीय सन्तोष झा ९०० ट्याव्लेट नाईट्रोजेपाम लागुऔषधसहित पक्राउ परेका हुन् । 

 

सर्लाहीबाट काठमाडौ आउँदै गरेको ना। ५ ख। २३९९ नम्बरको बसमा सवार झालाई चेकजाँचका क्रममा लागुऔषध भेटिएपछि पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । साथै, जनकपुरबाट काठमाडौ आउँदै गरेको ना। ५ ख। १४४१ नम्बरको बसमा सवार सप्तरी राजविराज नगरपालिका ७ बस्ने १७ वर्षीय अमरेस कुमार यादव र काठमाडौ महानगरपालिका ३२ बस्ने २१ वर्षीय राजिव घिमिरेको साथबाट ५९३ ट्याव्लेट नाईट्रोजेपाम बरामद गरेको छ ।

 

यसैगरी, विरगंजबाट काठमाडौ आउँदै गरेको ना। ५ ख। ७२७६ नम्बरको बसमा सवार चितवन रत्ननगर नगरपालिका ३, टाँडीका २१ बर्षीय प्रजेश अधिकारीको साथबाट १५० ट्याव्लेट नाईट्रोजेपाम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

लागुऔषध

विशेष