मोदी भ्रमणमा भ्रष्टाचारको आशंका : खर्च सार्वजनिक गर्न माग

मोदी भ्रमणमा भ्रष्टाचारको आशंका : खर्च सार्वजनिक गर्न माग

धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा सरकारका तर्फबाट भएको खर्च विवरण सार्वजनिक गर्न प्रदेशसभा सांसदले माग गरेका छन् ।

 

मोदी भ्रमणमा कुनै भ्रष्टाचार नभएको मन्त्रीको अभिव्यक्तिपछि मंगलबारको प्रदेशसभा बैठकमा विपक्षी सांसदहरूले यस्तो माग गरेका हुन् ।

 

सांसदहरूले मोदी भ्रमणका क्रममा गरिएको खर्चमा भ्रष्टाचार भएको आरोप लगाउँदै तत्काल सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिए


नेकपाका सांसद सुन्दर विश्वकर्माले भ्रमण खर्च सार्वजनिक नभए सदन अवरुद्ध गर्ने चेतावनी दिए । नेकपाकै अर्का सांसद रामकुमार यादवले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

 

 ‘मोदी भ्रमणको एक महिना बित्नै लाग्दा पनि खर्च सार्वजनिक नहुनुको कारण के हो ?,’ उनले भने, ‘प्रदेशमा भ्रष्टाचार मौलाएको छ । मन्त्रीहरूबाट समेत भ्रष्टाचारको गन्ध आउन थालेको छ ।’

 

नेकपाका अर्का सांसद लगनलाल चौधरीले मन्त्रीले संसद्मा भ्रष्टाचार नगरेको स्पष्टीकरण दिनुभन्दा पनि खर्च सार्वजनिक गर्नुपर्ने बताए । कान्तिपुर दैनिकबाट । 

 

 भौतिक तथा पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सोमबार प्रदेशसभा बैठकमा मोदी भ्रमणमा भ्रष्टाचार नभएको बताएका थिए ।

नरेन्द्र मोदी जनकपुर भ्रमण प्रदेशसभा बैठक सुन्दर विश्वकर्मा

संम्बधित खबर

विशेष