News समाज

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । बकैया ९ च्याउँच्याउँमा मंगलबार राती चट्याङ पर्दा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङको मृत्यु भएको हो । 

 

चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर ४ जना घाइते भएका छन् । घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । 

 

मकवानपुरमा वर्षेनी चट्याङ लागेर आधा दर्जन भन्दा बढिको मृत्यु हुने गरेको छ । 

 

चट्याङ मृत्यु

विशेष