News

‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’ 

‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’ 

काठमाडौं । शिक्षामन्त्री हुँदा अर्थ संकलमा मात्रै ध्यान दिने भनेर आलोचित  कांग्रेसकी चित्रलेखा यादवको पालामा साझा प्रकाशनको अध्यक्षमा नियुक्त विवादास्पद पात्र डोलिन्द्रप्रसाद शर्माका थप विषयहरु प्राप्त भएका छन् । 

 

चरम आर्थिक अनियमिततामा फसेपछि डोलिन्द्रलाई गतवर्ष नै गलहत्याउने निर्णय तत्कालीन सरकारले लिएको थियो । तर डोलिन्द्रले अदालतको सहारा लिएर पद जोगाए । अदालतले उनलाई हटाउन गरेको निर्णय ‘तत्काल लागू नगर्नू’ भन्ने आदेश दिएपछि उनको जागिर जोगिएको थियो । 

 

अदालतले शर्माकै पक्षमा निर्णय गरेको भए पनि उनी आफंै भने अदालतकै मानहानी हुने गरी अभिव्यक्ति दिँदै हिँड्ने गरेका छन् । उनले कांग्रेसका शंकर भण्डारीको सहयोगमा सर्वोच्च अदालतका तत्कालीन विवादास्पद प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई ‘पञ्जा बराबर’ (पाँच लाख)को रकम दिएको बताउने गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

 

पैसा भए दूनियाँमा सबै कुरा किन्न सकिने मान्यतामा रहेका डोलिन्द्रले मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्मलाई पाल्ने गरेको भनेर घमण्ड पनि गर्छन् । जानकारहरुका अनुसार व्यवहार, वोलिवचन छुद्र र स्तरहिन भए पनि पैसाकै बलमा उनले सबैलाई सेटिङ मिलाउने गरेका छन् । एक पटक मदिरा पिएको बेला उनले भनेका थिए, ‘मन्त्रालयका सचिव, सहसचिवहरुले डोलिन्द्रजी, के छ खबर ? खै भेटघाट पनि छैन ? भनेपछि मैले पैसा बुझाउने बेला आएछ भनेर बुझ्नु पर्छ ।’ 

 

‘अहिलेसम्म कति मन्त्री देखियो, कति सचिव देखियो, सबैलाई पैसामै किन्नु पर्ने  रहेछ नत्र गरिखान नदिने रहेछन’ भन्न कति पनि पछि नपर्ने डोलिन्द्रप्रसाद शर्मा नेपाल प्रहरीका भगौडा असई हुन् । 

 

यस्ता असईको नेतृत्वमा साझा प्रकाशनमा दिनाथान शर्मा, प्रदीप नेपाल, कृष्णहरी बरालजस्ता वरिष्ठहरु सदस्य हुन पुगे । स्रोत भन्छ,‘अरु बेला वरियताको खुब ख्याल राख्नेहरु साझामा एउटा भगौडा असईको पछि लुरुलुरु जाँदा त्यहाँ लुट भइरहेको बुझिदैन र ?’ 

 

साझाको धन, स्रोत साधनको उपयोग संस्थाकै हितका लागि हुनु पर्ने हो । तर डोलिन्द्र मन्त्री, सचिव, बोर्डका सदस्यहरुको सुविधामा बढी खर्च गर्छन् । गाडी, इन्धन मात्रै होइन बोर्डका सदस्यको चाकडीका लागि त उनले चालक पनि खटाउने गरेको त्यहीँका कर्मचारीले पत्रकार सम्मेलन नै गरेर खुलासा गरेका थिए । 

 

माओवादीका शर्मा थर गरेका नेतालाई पैसा पठाउनु पर्यो भने उनका छोरालाई बोलाएर पैसा दिने गरेको बुझिएको छ । दलका नेता, दलका अध्यक्ष, मन्त्री, सचिवआदिलाई उनले नियमित नै पैसा बुझाउनु पर्ने गरेको पनि भन्ने गर्छन् । तर यसमा उनलाई कति पनि ग्लानी र चिन्ता भने छैन । उनले यसरी पैसा बुझाउन सक्नुलाई आफ्नो सामथ्र्य र पौरख मान्ने गरेका छन् । 
 

र याे पनि 

भगौडा असई रहेछन् साझाका अध्यक्ष डोलिन्द्र, सम्बन्ध नेतादेखि युवतीसम्म !

 

 

 

प्रदीप नेपाल डोलिन्द्रप्रसाद शर्मा साझा प्रकाशन चित्रलेखा यादब दिनानाथ शर्मा

विशेष