News खेल

विवादित भूमिमा हुन लागेको अर्जेन्टिना-इजरायलको मैत्रीपूर्ण खेल रद्द

विवादित भूमिमा हुन लागेको अर्जेन्टिना-इजरायलको मैत्रीपूर्ण खेल रद्द

एजेन्सी । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमले आगामी शनिबार इजरायलसँग खेल्ने भनेको मैत्रीपूर्ण खेल  रद्द गरेको छ  । विश्वकपको तयारीका लागि विवादित शहर जेरुसेलमको टेडी रंगशालामा हुने भनिएको अर्जेन्टिना र इजरायलबीचको खेल नहुने भएको हो । 

 

अर्जेन्टिनी मिडियालाई उद्धृत गर्दै अलजजिराले दिएको खबर अनुसार कप्तान लियोनल मेसीले सम्भावित हिंसाको कारण र विवादित भूमिमा खेल्नु अनुपयुक्त भएकाले खेल रद्द भएको बताएका छन् ।  

 

खेल हुने भनिएको टेडी रंगशाला निर्माण गरिएको स्थानमा पहिले प्यालेस्टाइनीको बस्ती रहेको थियो । सन १९४८ मा इजरायल राज्य स्थापनाका क्रममा उक्त बस्तीबाट प्यालेस्टाइनीलाई खेदिएको थियो । 
प्लेस्टाइन र अर्जेन्टिनाबीच सरकारको उच्चस्तरीय तहमै कुराकानी भई खेल रद्द गरिएको खबरमा जनाइएको छ । 

 

अर्जेन्टिनाका लागि प्यालेस्टाइनी राजदूत हुसनी अब्देल वाहेदले विवादित भूमिमा इजरायलसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय सच्याउन अर्जेटिनालाई आग्रह गरेका थिए । 

 

इजरायलले अर्जेन्टिनासँगको मैत्रीपूर्ण फुटबल खेललाई इजरायल स्थापनाको ७० औं वर्ष पुगेको एक उत्सवको रुपमा मनाउने तयारी  गरेको दाबी गर्दै राजदूत वाहेदले यसले प्यालेस्टाइनी जनताको भावनामा चमेट पुग्ने बताएका थिए । 

 

थुप्रै प्यालेस्टाइनी र अबरीहरुको माया र समर्थन रहेको टिमले विवादित भूमिमा खेल खेल्नु अनुपयुक्त रहेको वाहेद भनेका थिए । 

 

केही दिनअघि प्यालेस्टाइनका ७० बालबालिकाको एक समूहले अर्जेन्टिनाका विश्व चर्चित खेलाडी लियोनेल मेसीलार्इ एक पत्र लेखेर यस म्याचमा सहभागी नहुन अपिल नै गरेका थिए ।

 

उनीहरुले आफ्ना पुर्खाको बस्ती रहेको ठाउँमा बनाइएको रंगशालामा आफ्नो प्यारो टिम अर्जेन्टिनालाई आग्रह गर्दै इजरालस्थित अर्जेन्टिनी दूतावासमा पत्र पठाएका थिए । 


उनीहरुले टेडी रैगशाला रहेको स्थानमा इजरायली सेनाले थुप्रै आफ्ना पूर्वजको हत्या गरेकाले आफ्ना पुर्खाको चिहानमाथि फुटबल नखेल्न भन्दै मेसीका नाममा पत्र लेखेका थिए । 

विश्वकप अर्जेन्टिना राष्ट्रिय फुटबल टिम

विशेष