News कभर स्टोरी अर्थ कर्पोरेट

भ्रष्टाचारको कुरै छैन : भट्टराई

भ्रष्टाचारको कुरै छैन : भट्टराई

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले निगमले पेट्रोलियम पदार्थको प्रशोधन र ढुवानीमा कुनै तलमाथि नभएको दाबी गरेका छन् ।

 

नेपाल आजमा प्रकाशित पेट्रोलियम पदार्थको प्रशोधन र ढुवानीमा करोडौं भ्रष्टाचार शीर्षकको समाचार प्रकाशित भएपछि नेपाल आजसँग बुधबार कुराकानी गर्दै उनले निगमले तेस्रो मुलुकबाट कच्चा पेट्रोलियम पदार्थ नै किन्ने नगरिएको सन्दर्भमा प्रशोधनमा भ्रष्टाचार भयो भन्नु आफैंमा गलत कुरा हो भन्दै उनले थपे, ‘निगमले भारतीय आयल कर्पोरेसनसँग अन्तर्राष्ट्रिय बजारमा पछिल्लो मूल्यस्तर अनुरूपको प्रशोधित पेट्रोलियम पदार्थ किन्ने हो । यस्तो परिस्थितिमा प्रेमसागरजी भनेका कुरामा सत्यता छैन ।’

 

निर्देशक भट्टराईले विगत डेढ दुई दिन यता पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान भइसकेको जानकारी पनि दिए । उनले रक्सौलमा तेल ढुवानीकर्ता सवारीचालक र भारतीय सुरक्षाकर्मीबीच भएको विवाद अन्त्य भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति सहज भएकाले अहिले काठमाडौं उपत्यकाका कुनै पनि पेट्रोल पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था नभएको बताए ।  
 

तर यता नेपाल अाजसँग कुरा गर्दै कच्चा तेल प्रशोधनको क्रममा उत्पादन हुने सहायक पेट्रोलियम पदार्थ जस्तै एलपिजी ग्यास, ग्रिजका लागि चाहिने कच्चा सामग्री र लुब्रिकेसन मेटेरिएलको कुनै हिसाब किताब नदेखिने निगमका एक अधिकारीले बताएका छन् ।

 

लामो समयदेखि नेपाल आयल निगमको एकाधिकारको अन्त्य हुनुपर्ने माग गर्दै आएका तथा नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले तेल ढुवानी र प्रशोधनमा चलखेल गर्न रमाएकाहरूले नै चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न भाँजो हाल्ने प्रपञ्च गरिरहेको बताएका छन् । 

 

हेराैं यी भिडियाे सामाग्रीहरूः

र याे पनि पढ्नुहाेस् 

विज्ञ पौडेलले भने, पेट्राेलमा एकाधिकार चाहने स्वार्थी समूहकारण नेपाली उपभाेक्ता मारमा (भिडियाे)

 

नेपाल आयल निगम पेट्रोलियम पदार्थ भ्रष्टाचार सुशील भट्टराई प्रशोधन ढुवानी

विशेष