News अर्थ

खुल्यो शेयर कारोबार

खुल्यो शेयर कारोबार

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका लगानीकर्ता र अर्थमन्त्रालयबीच बजार खुलाउने सहमति भएपछि शेयर कारोबार खुला भएको हो ।

 

मंगलबार अर्थमन्त्रालयले यस विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने र त्यस अवधिसम्म शेयर कारोबार खोल्न लगानीकर्ताहरु सहमत भएको लगानीकर्ता हित संरक्षण मञ्चका महासचिव कमल भारतीले जानकारी दिए । आन्तरिक राजश्व विभागले पुनः अर्को पत्र नपठाएसम्म कारोबार नखुलाउने आफूहरुको अडान रहेको महासचिव भारतीले बताए ।

 

यद्यपि शेयर कारोबार भने खुलिसकेको छ । कारोबार शुरु भएलगत्तै फरवार्ड माइक्रोफाइनान्सको २१० कित्ता शेयर किनबेच समेत भएको छ । हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै शेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएपछि नेप्सेमा मंगलबारदेखि नै कारोबार बन्द भएको थियो । 

खुल्यो शेयर कारोबार

विशेष