व्यापार News

हुन्डाईको ठगी : एउटै गाडीमा ८३ प्रतिशतसम्म गैरकानुनी नाफा असुल

 कहिले हुन्छ हुन्डाईमाथि कारवाही ? 

हुन्डाईको ठगी : एउटै गाडीमा ८३ प्रतिशतसम्म गैरकानुनी नाफा असुल

काठमाडौं । प्रचलित कालोबजार ऐन २०३२ अनुसार वस्तुको मूल्यमा २० प्रतिशतभन्दा बढी मूल्य लिन नपाउने व्यवस्था रहेको छ । तर, गाडी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई कम्पनीको एउटा गाडीमा ८३ प्रतिशतभन्दा बढी मूल्य लिएर बिक्री गर्दै आइरहेको छ । 

हाल लक्ष्मीसँग हुन्डाईका ३१ वटा मोडलका गाडीहरू छन् ।  हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्रान्ड आइटेनमा अत्यधिक मूल्य असुल्ने गरेको भेटिएको छ । विभिन्न सिसीमा उपलब्ध यी गाडी फरक फरक मूल्यमा उपलब्ध छन् । जसको बजार मूल्य हेर्दा कम्पनीले ८३ प्रतिशतबढी नाफा लिएर बिक्री  गर्दै आइरहेको पाइएको छ । यसले गाडी खरिदकर्ताहरूलाई महँगो पर्ने र सहजै ठगिएकोे खुल्न आएको छ । 


हुन्डाईका गाडीमध्ये नेपालमा उपलब्ध सबैभन्दा सस्तो गाडी इन डिलेक्ट हो जसको मूल्य १६ लाख ५६ हजार रुपैयाँ छ । यसको इन्जिन क्षमता ८ सय १४ सिसी रहेको कम्पनीले बताएको छ । 


यसअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा उक्त  प्रालिले गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिँदै आएको खुलेको थियो । यसपछि विभागको अनुगनमन टोलीले ठगी मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई निर्देशन दिएपनि प्रहरीले अहिलेसम्म उक्त मुद्दामाथि  कारबाही अघि बढाउन सकेको देखिँदैन् । मन्त्रालय पनि यस विषयमा अहिले उदासीननै रहेको छ । 


विभागका अनुसार सबै कागजपत्र तयार गरी थप अनुसन्धान र कारबाहीका निम्ति प्रहरीलाई निर्देशन दिएको छ । तर, प्रहरीले नै प्रक्रिया अघि बढाएको छैन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यस्तै छ यहाँको चलन ।’


विभागले अनुगमनका क्रममा प्रालिका इओन इरा गाडीको बिक्रीमा ५३ र ग्रान्ड आइटेन म्याग्ना गाडीको मूल्यमा ४३ प्रतिशत कम्पनीलाई नाफा हुने गरी ग्राहकसँग पैसा असुल्ने गरेको फेला पारेको प्रालिका सञ्चालक श्रेष्ठले समेत स्वीकार्छन् । तर, पनि आपूर्ति मन्त्रालयले उक्त कम्पनी र सो कम्पनीका आधिकारिक बिक्रेतामाथि कारबाही अघि बढाउन चासो देखाएको छैन् । 


नेपाली बजारमा इओन गाडीको मूल्य १२ लाख ४४ हजार रुपैयाँ रहेको छ । तर, बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले १८ लाख ९८ हजारसम्ममा बिक्री गर्ने गरेको भेटिएको छ ।  त्यसैगरी ग्रान्ड आइटेन गाडीको मूल्य १८ लाख ८७ हजार मूल्य रहेकोमा कम्पनीले २६ लाख ९६ हजारमा बिक्री गर्दै आइरहेको छ । 


अटो मोबाइलका क्षेत्रमा देखिएका समस्या तथा नीतिगत रूपमा राज्यलाई सहयोग गर्ने संस्था नाडाका अध्यक्षसमेत भइसकेका व्यक्ति सञ्चालक रहेको उक्त कम्पनीले यसरी उपभोक्ता ठग्दै आएपनि सरकार यसको नियन्त्रण र कानुनी कारबाही गर्ने कुरामा उदासीन रहेको छ । यसले पनि उक्त कम्पनी, आपूर्ति मन्त्रालय तथा प्रहरी उच्च अधिकारीको समेत मिलेमतो र संलग्नता रहेको हुनसक्ने स्रोतले बताएको छ । बिक्रेता कम्पनीहरूले अस्वाभाविक रूपमा विभिन्न शीर्षकमा ग्राहकबाट मूल्य असुल्ने गरेको भन्दै विभागले कारबाहीका लागि भूमिका खेलिरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउँछन् । तर, यस्तो ठगीमा विभागकै अधिकारीको मिलेमतो रहेको हुनसक्ने आशंका देखिएको अटो व्यवसायीहरू नै बताउँछन् ।


लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको व्यवसायमा कैफियत देखिए पनि थप प्रमाण जुटाउन र कम्पनीका प्रतिनिधिलाई बयान लिन नसकेको भन्दै उक्त मुद्दालाई लम्ब्याउने काममा विभाग र मन्त्रालयकै कर्मचारी लागिपरेको देखिएको छ । प्रमाण संकलन हुन नसकेको कारण कारबाहीमा ढिलाई भएको  महानिर्देशक गौचनले बताउँदै आएका छन् । 


वितरकले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो मालसामान लिएको मोल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ ।
व्यापारको प्रचलनअनुसार सामान्यतया २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । तर, हुन्डाईको यस्तो ठगी  प्रकरणमा आपूर्ति मन्त्रालय, विभाग र प्रहरीसमेत कानुनको बर्खिलापमा रहेको देखिएको छ । 


विभागका तत्कालिन महानिर्देशक कुमार दाहाल र सञ्चालक अञ्जन तथा निराकर श्रेष्ठबीच बढ्दो साँठगाँठका कारण उपभोक्ताहरु यसरी ठगिमा पर्ने गरेको र विभागले यस्ता ठग व्यवसायीमाथि कारवाही समेत अघि नबढाएको भेटिएको छ । हुन्डाईकै ग्राण्ड आई टन मग्रा गाडीमा पनि कम्पनीले प्रति गाडी ६७ प्रतिशत नाफा लिएर बिक्रि गर्दै आइरहेको छ । कम्पनीले २ लाख ९२ हजारमा खरिद गरेको सो गाडी नेपाली बजारमा २६ लाख ९६ हजारसम्ममा बिक्रि गरिरहेको छ । 


यो गाडीको मूल्य १६ लाख ५ हजार ६ सय पर्छ । तर, कम्पनीले झण्डै दोब्बर नाफामा उक्त गाडी बिक्रि गरिरहेको क्रेताहरु बताउँछन् । कम्पनीले बिक्रि गर्दै आएका विभिन्न गाडीमा २७ देखि ८३ प्रतिशत बढीसम्म नाफामा गाडीहरु बिक्रि गर्दै आएको भेटिएको छ । यसरी उपभोक्तालाई सहजै ठगि गरिरहेको सो कम्पनी माथि कारवाही गर्ने अधिकार मन्त्रालय र विभागसँग हुँदा हुँदै पनि मन्त्रीदेखि विभागीय प्रमुख समेत मौन रहादै आएका छन् । 


मन्त्री मातृका यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै यसरी कालोबजारी र ठगि गर्नेलाई जेल हाल्नेसम्मको चेतावनी दिएपनि सामान्य कारवाहीमा समेत अहिले मन्त्रालयले चासो देखाएको छैन् । यसले गाडी व्यवसायीलाई मस्ती हुँदै आएको छ भने खरिदकर्ता वा सर्वसाधारण नागरिक मर्कामा पर्दै आइरहेका छन् । सरकारले उनीहरुमाथि कारवाही गर्न सकेको अवस्था छैन् । यतिबेला आम उपभोक्तामा यसरी ठगि गर्ने व्यवसायीलाई कहिले र कसरी हुन्छ कारवाही भन्ने जिज्ञासा कायमै छ । 


हुन्डाईले उपभोक्तालाई ठगि गरिरहेको बारे कम्पनीको आधिकारीक बिक्रेता एंव सञ्चालक निराकर श्रेष्ठ र अञ्जन श्रेष्ठसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।

 

र यो पनि 

 मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल व्यवसायीहरुको यस्तो योजना

► एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत

 गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

 कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति 

नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो) 

‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

 ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

  निसान गाडीमा निरन्तर ठगी

  उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

  ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

  रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

  पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

►  यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

►  यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित) 

► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

 नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

 हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

 अभिक ज्योतिको व्यापार लुटको जगमा

 समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

 नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

 पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

 गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

 बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा

विशेष