News

घूस लिएको आरोपमा शाखा अधिकृत पक्राउ

घूस लिएको आरोपमा शाखा अधिकृत पक्राउ

 काठमाडाैं । घूस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दासलाई पक्राउ पक्राउ परेका छन । 

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएको आरोपमा शाखा अधिकृत दासलाई पक्राउ गरेको हो ।

 

 उनले आफू चढेको बा६च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ लुकाएर राखेका थिए । आयोगको टोलीले उक्त रकम फेला पारेर पक्राउ गरी दासलाई बर्दिवास ल्याउने तयारी भैरहेको र थप अनुसन्धान हुने कार्यालयले जनाएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जिल्ला अदालत सर्लाहीको अगाडिको चोकबाट दासलाई  नियन्त्रणमा लिएको हो ।
 

शाखा अधिकृत सुरेशप्रसाद दास अख्तियार दुरूपयोग अनुसन्धान आयोग

विशेष