News

१० दिनपछि मृत अवश्थामा फेला

१० दिनपछि मृत अवश्थामा फेला

पोखराको फेवातालमा एक युवक मृत अवश्थामा फेला परेका छन् । जेठ १३ गते डुंगामा चट्याङ पर्दा तालको बीच भागमा डुबेर  बेपत्ता भएका रामेछापको सुप्रिम लामा १० दिन पछि बुधबार फेला परेका हुन् । 

 

भक्तपुर बस्दै आएका १८ वर्षिया लामा साथीहरुसँगै फेवातालमा डुंगा खेल्न आएका थिए । घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेको र साथीहरुले उनलाई बचाउने प्रयास गर्दा लाइफ ज्याकेटको तुना नबानेका कारण डुबेको साथीहरुको बताएका छन् । झण्डै कुहिन लागिसकेको अवस्थामा सुप्रिमको शब फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए । 

 

। सुप्रिल तालमा डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । फेवातालको शीर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डीएसपी कार्कीले बताए । 
शिर भागतिरकै स्थान करिब ८० फिट गहिरो छ । उद्धारमा जुटेका टोलीका अनुसार पानीको तल्लो भाग निकै चिसो रहेको थियो । 

फेवाताल सुप्रिम लामा

विशेष