प्रधानन्यायाधीश नियुक्तिः सर्वोच्चमा परेको रिट खारेज

प्रधानन्यायाधीश नियुक्तिः सर्वोच्चमा परेको रिट खारेज

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति गरिपाउँ भनी सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ   । प्रधानन्यायाधीशको सिफारिसमा तेस्रो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले कारण देखाउ आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेज गरेको हो ।

 

सन्तोष भण्डारीले शन्तोष भण्डारीले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा न्यायाधीशले संसदीय सुनुवाइ विशेष समिति बनेको छ भने देखाउनुस भनी रिट निवेदकलाई प्रश्न गरेका थिए । संसदीय सुनुवाइ समिति नबनेका कारण प्रधान न्यायाधीशको नियुक्ति हुुन सकेको छैन ।

 

न्यायपरिषदले प्रधानन्यायाधीशका लागि एक नम्बरमा दीपकराज जोशी, २ नम्बरमा ओमप्रकाश मिश्र र ३ नम्बरमा चोलेन्द्रशमसेर जबराको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको छ ।

प्रधानन्यायाधीश नियुक्ति

संम्बधित खबर

विशेष