News देश

१७ सय कर्मचारीको नाम कारबाहिका लागि सिफारिस

१७ सय कर्मचारीको नाम कारबाहिका लागि सिफारिस

काठमाडौं, जेठ २४ । राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

 

केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।

 

कारबाहीको सिफारिस गरिएकामध्ये ५ सय ४२ कर्मचारी पोसाक नलगाएको र १ हजार १ सय ५३ कर्मचारी समयमा कार्यालयमा नगएको केन्द्रले जनाएको छ ।

 

केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई चिठी लेखेर सिफारिस गरिएका कर्मचारीलाई विभागीय कारबाही गर्न चिठी पठाएको हो।

 

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले गत साउनदेखि जेठ २२ सम्म केन्द्रले गरेको सिफारिसमा १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको बताए । केन्द्रका अर्का एक उच्च कर्मचारी भन्छन्, ‘यती ठूलो संख्यामा कारबाहीको सिफारिस गरिनुको अर्थ निजामती कर्मचारीमा अनुशासनहीनता बढ्दै गएको संकेत हो ।’

 

केन्द्रबाट कारबाहीको सिफारिस गरिएकामध्ये केही कर्मचारी सिंहदरबारमै कार्यरत छन् । सतर्कता केन्द्रले केही दिनअघि वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र मुद्रण विभागलगायत कार्यालयमा छड्के गरेको थियो । नागरिक दैनिकमा समाचार छ ।

कारबाही निजामती कर्मचारी

विशेष