१० वर्षपछि समयमै मनसुन : यसै सातादेखि मनसुन सुरु हुने

१० वर्षपछि समयमै मनसुन : यसै सातादेखि मनसुन सुरु हुने

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले यसै सातादेखि मनसुन सुरु हुने प्रक्षेपण गरेको छ । अघिल्ला वर्षको तुलनामा यस वर्षको मनसुन १–२ दिनअघि नै सुरु हुन लागेको महाशाखाले जनाएको छ । नेपालमा १० जुनमा मनसुन सुरु भई २३ सेप्टेम्बरमा सकिन्छ ।

 

भारतको केरला, म्यानमार, बंगलादेश, आसाम, मेघालय दार्जिलिङ हुँदै  केही दिनभित्रै मनसुन नेपाल प्रवेश गर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । भारतको केरलामा २९ मेमै मनसुन सुरु भइसकेकाले नेपालमा पनि केही दिनमै प्रवेश हुने उनको भनाइ छ । ‘सामान्यतया भारतमा मनसुन सुरु भएको सातादश दिनपछि नेपालमा प्रवेश गर्छ ।’ कँडेलले  भनिन्, ‘नेपाल प्रवेश गरेको मनसुन केही दिनभित्रै देशभर सक्रिय हुन्छ ।’

 

सामान्यतया नेपालमा मनसुन १० जुनमा प्रवेश गर्ने भए पनि कहिले छिटो कहिले ढिलो हुने कँडेलले बताइन् । यो वर्ष दक्षिणपूर्व जलवाष्पयुक्त हावा चल्न सुरु गरेकाले छिट्टै मनसुन सक्रिय हुने देखिएको मौसमविद् कँडेलले बताइन् । नेपालमा ८० प्रतिशत वर्षा मनसुन समयमा हुने गर्छ ।

 

नेपालमा १० वर्षपछि छिट्टै मनसुन सुरु हुन लागेको हो । सन् ००८ देखि नेपालमा हरेक वर्ष ढिलो गरी मनसुन सुरु भइरहेको छ । तर, यस वर्ष समयमै मनसुन सुरु हुने देखिएको मौसमविद्को भनाइ छ । सन् ००८ मा १० जुनबाट सुरु भएको मनसुन १७ अक्टोबरमा सकिएको थियो ।

 

यस वर्षको प्रि–मनसुनमा नर्मलभन्दा अधिक वर्षा भएको छ । मार्चमा भने नर्मल वर्षा भएको थियो । तर, अप्रिलमा २५ मिलिमिटर वर्षा हुनुपर्नेमा १ सय मिलिमिटरभन्दा धेरै वर्षा भएको थियो । यस्तै, मेमा औसत वर्षा ५५ मिलिमिटर हुनुपर्नेमा १ सय २५ मिलिमिटर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जुनमा पनि दैनिकजसो वर्षा भइरहेको छ । यस वर्षको प्रि–मनसुनमा अधिक वर्षा हुँदा हावाहुरी असिनापानीले अन्नवालीसँगै तरकारीखेतीमा साढे ७ अर्ब रुपैयाँको क्षति पु¥याएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

 

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनमा देशभर औसत वर्षा हुनेछ । दक्षिण एसियन क्लाइमेट आउटलुक फोरमले नेपालभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ । ६ र ७ वैशाखमा भारतको पुणेमा सम्पन्न फोरमको सम्मेलनले नेपालसहित दक्षिण एसियाका देशको मौसम पूर्वानुमान गरेको हो । दक्षिण एसियन क्लाइमेट आउटलुक फोरमले ३० वर्षसम्मको मौसमलाई आधार बनाई हरेक वर्ष मनसुनको प्रक्षेपन गर्ने गर्छ । नयाँ पत्रिकाबाट ।


वर्ष मनसुन  सुरु मनसुन  अन्त्य
२००८ जुन  १० अक्टोबर  १७
२००९ जुन  २३ अक्टोबर  १५
२०१० जुन  १७ अक्टोबर  १
२०११ जुन  १५ अक्टोबर  ७
२०१२ जुन  १६ अक्टोबर  २८
२०१३ जुन  १४ अक्टोबर  १९
२०१४ जुन  २० अक्टोबर  ७
२०१५ जुन  १३ अक्टोबर  ३
२०१६ जुन  १५ अक्टोबर  १२
२०१७ जुन  १२ अक्टोबर  १६

मनसुन शान्ति कँडेल जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखा

संम्बधित खबर

विशेष