नेकपाले पायो दलको प्रमाणपत्र
काठमाडाैं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त आयुक्त डाक्टर अयोधिप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रमाणपत्र प्रदान गरेका हुन् । जेठ ३ गते दुई ठूला पाटीबीच एकता भएपछि नै पार्टीले एकता प्रक्रियालाई अगाडि बढाएको थियो ।
दल दर्ता भएपछि एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने निर्वाचन आयोगले विज्ञप्ती मार्फत प्रस्ट पारेको छ ।
पार्टीको दर्ता नम्बर १ सय ६५ रहेको छ । आयोगका अनुसार नेकपाको चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अकिंत झण्डा रहने भएको छ । दल दर्ताको प्रमाणपत्र बुझ्न नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ लगायतका नेता पुगेका थिए ।