News व्यापार प्रदेश ३

कालिमाटीका व्यवसायीलाई चार भागमा बर्गीकरण 

कालिमाटीका व्यवसायीलाई चार भागमा बर्गीकरण 

काठमाडौं ।  कालिमाटीस्थित कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई चार भागमा बर्गीकरण गरिएको छ । किसान, व्यापारी र कृषि बजार निर्देशनालयको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा बर्गीकरण गर्दै चित्तबुझ्दो जवाफ नआए सम्झौता रद्द समेत गर्ने निर्णय गरेको हो । बर्गीकरणमा रातो, निलो, पहेलो र सेतो छन् । 

 

बजारमा नियमित नआउने, कारोवारमा संलग्न नहुने, विदेशमा बसेर अरुलाई नै व्यवसाय गर्न लगाउने वा भाडामा पसल दिने व्यवसायीले रातो स्टिकर पाएका छन् ।  बजारमा कहिलेकाँही उपस्थित हुने र आफन्तबाट बजार सञ्चालन गर्ने व्यवसायी निलो बर्गमा परेका छन् भने व्यवसायी आफै उपस्थित भएर पनि अरुसहित राखेर कारोवार गर्ने व्यवसायीले पहेँलो स्टिकर पाएका छन् । 

 

बजारमा राम्रो काम गर्ने व्यवसायीले भने सेतो स्टिकर पाएका छन् । रातो पाउनेमा ९९, निलो पाउनेमा १ सय ३१, पहेँलो २ सय ९ र सेतो १ सय ५९ व्यवसायी छन् । कालिमाटी फलफूल तथा तरकारी बजारमा ठूलो बेतिथि रहेको तथा  विचौलियाहरुको बिगबिगी रहेको गुनासोपछि कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले अनुगमन गर्दै त्यहाँभित्र हुने अनियमितताविरुद्ध एक्सन लिएका थिए । 

 

शुक्रबार बसेको बोर्ड बैठकले रातो स्टिकर पाउने व्यवसायीले सात दिनभित्र चित्तबुझ्दो जवाफ नदिए इजाजत खारेज गरेर सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । निलो स्टिकर पाएकासँग प्रमाणसहित स्पटिकरण माग्ने तथा पहेलोलाई सचेत गर्ने निर्णय गरेको बोर्डले जानकारी दिएको छ । 

व्यापारी कालिमाटी बर्गीकरण  स्टिकर

विशेष