News राजनीति

प्रधानमन्त्री ओलीले गरिब र दुखी माथि बदमासी गरेः सभापति देउवा

'जि हजुरी गरेर सबै भारतलाई बुझाउने काम भयाे'

प्रधानमन्त्री ओलीले गरिब र दुखी माथि बदमासी गरेः सभापति देउवा

धनगढी । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकाे कडा अालाेचना गरेका छन् ।  कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति  देउवाले प्रधानमन्त्री अाेलीले भारतकाे ‘जि हजुरी’ गरेको आरोप लगाएका हुन् । 


 आफू प्रधानमन्त्री हुँदा गाैरीफान्टा नाका खाेल्ने सहमति गरिएकाे भए पनि अाेलीले षड्यन्त्र गरेर बन्द गर्न लागेकाे अापत्ति जनाए । सभापति देउवाले भने, 'ओलीमा विगतदेिख वतर्मान कतै राष्ट्रवादी चरित्र छैन, उहाँ लम्पसारवादी हाे । ‘पछिल्लाे समयमा भारतको जि हजुरी गरेर सबै भारतलाई बुझाउने काम गरेका छन् ।’

 

आफू प्रधानमन्त्री हुँदा किड्नी, इस्पाइल इन्जुरीका बिरामीलाई भत्ता दिने र ६५ वर्षमा बृद्धभत्ता दिने निर्णय खारेज गरेर गरिब दुखीमा ओलीले बदमासी गरेकाे उनकाे अाराेप थियाे । मुलुकमा कम्युनिष्टको शासन शैली देखिन थालेकाे त्यसबाट प्रजातन्त्र जोगाउनु्पर्ने उनले भनाइ थियाे ।

शेरबहादुर देउवा नेपाली काँग्रेस प्रधानमन्त्री केपी शर्मा ओली धनगढी

विशेष