News

नेविसंघको महाधिवेशन साउन २३ देखि २७ गतेसम्म

नेविसंघको महाधिवेशन  साउन २३ देखि २७ गतेसम्म


काठमाडाैं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेविसंघ का अध्यक्ष नैनसिंह महरले तोकिएकै समयमा महाधिवेशन गर्न लागेको जानकारी दिए । 

 

नेपाल ल क्याम्पसमा बिहीबार आयोजना गरिएको कार्यकता भेलामा बोल्दै अध्यक्ष महरले देश सघींयतामा गइसकेको अवश्थामा नेविसंघको विधान र नियमावलीलाई समायनुकुल बनाई बस्यौदा तयार गरिरहेको बताए । 

 

नेविसंघको मस्यौदाबारे छलफल पूर्व केन्द्रीय अध्यक्ष र पदाधिकारीसँग जेठ ३० गते गर्ने भएको छ । अध्यक्ष महरले विधानलाई अन्तिमरुप दिन असार ३ गते सातवटै प्रदेशका राजधानीमा सुझाव संकलन गरिने बताए । सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारी समेत दिएको छ ।

 

यसैगरी असार १ देखि सदस्यता वितरण गर्ने, असार २० देखि सबै शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघले जनाएको छ ।नेवि संघका प्रवक्ता प्रेमराज जोशीले विसं २०७४ असोज ३१ को राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको वन्दसत्रबाट पास भएको समयअनुसार नेविसंघको महाधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिए ।

 

प्रवक्ता जोशीले नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जेठ २७ मा सबै जिल्लामा सिठी जुलुस, जेठ २९ मा सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको बताए ।


 

नेपाल विद्यार्थी संघ

विशेष