News राजनीति

दुई तिहाइको दम्भ र असीमित महत्वाकांक्षाले देशमा अनिष्ट निम्तिन सक्छ : पाैडेल

दुई तिहाइको दम्भ र असीमित महत्वाकांक्षाले देशमा अनिष्ट निम्तिन सक्छ : पाैडेल

  काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले दुई तिहाई बहुमतको दम्भमा रहेको सरकारका कारण देशमा अनिष्ट निम्तिन सक्ने बताएका छन् ।

 

काठमाडौंमा शनिवार भएको कार्यक्रममा उनले सरकार दुई तिहाईको महत्वाकांक्षा बोकेर हिंडिरहेकाले यसले देशलाई खतरातर्फ अघि बढाउन सक्ने भएकाले प्रजातन्त्रवादीहरू सजग हुनुपर्ने बताएका हुन् । 

 

सरकार सञ्चालनका लागि आवश्यक बहुमत भए पनि अर्को दललाई सरकारमा लगेर दुई तिहाई पुर्याएर कार्यकारी राष्ट्रप्रमुखको प्रसंग उठाउनुले अनिष्टको संकेत भएकाे पौडलले प्रस्ट पारे । 

 

उनले असीमित महत्वकांक्षामा सरकार र सरकारमा सहभागी दलका नेताहरू अघि बढेकाले देश दुर्घटनामा पर्ने खतरारहेकाे पनि बताए । यो संकटबाट मुलुकलाई जोगाउन प्रजातन्त्रवादीहररू एकजुट हुनुपर्नेमा जाेड दिए । 

रामचन्द्र पौडल सरकार प्रजातन्त्रवादी

विशेष