News समाज

त्रिशुलीमा ट्रक खस्दा २ जना बेपत्ता, १ घाइते

त्रिशुलीमा ट्रक खस्दा २ जना बेपत्ता, १ घाइते

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको जोगीमारा तिक्राङखानीबाट त्रिशुली नदीमा ट्रक खस्दा ट्रकमा सवार दुर्इ जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन्।

 

सिमेन्ट बोकेर भैरहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ५ ख ३४१५ नम्बरको ट्रक जोगीमारा तिक्राङखानीबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २७ वर्षीय ट्रकका चालक राजन श्रोष्ठ र सहचालक सोही ठाँउका श्याम  रहेका छन् । ट्रकका अर्का सहचालक तुलसी दुलाल भने सामान्य घाइते भएका छन । 

 

ट्रक सडकबाट करीब १५ मिटर तल खसी त्रिशुली नदीमा डुबेको प्रहरीले जानकारी दिएको छ । ट्रकको टायरमात्रै पानी बाहिर देखिएको छ । गएराति १ बजेतिर भएको दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीको लागि बिहानैदेखि प्रहरी परिचालन भएको छ ।

 

 शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरुको टोलीले दुर्घटना स्थलवरपर खोजी कार्य जारी राखेका छन् । त्रिशुली नदीमा भेल आएका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग त्रिशुली नदी

विशेष