अर्जेन्टिनाका डिफेन्डर मासिरानोले लिए सन्यास

एजेन्सी । फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिना फ्रान्ससँग ४—३ गोल अन्तरले पराजित भएको छ ।
खेलपछि अर्जेन्टिनाका डिफेन्डर जाभिएर मासिरानोले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका हुन् । ३४ वर्षीया मासिरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेल्दै ३ गोल गरेका छन् ।
अर्जेन्टिनाको पहिलो रोजाइका खेलाडी मासिरानो अहिले चीनको हिबेई चाइना फोच्र्युनबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मासिरानो बार्सिलोनाका पूर्व खेलाडी पनि हुन् ।