नारायणीमा डुबेर युवतीको मृत्यु
चितवन। भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ।
काठमाडौं बुढानीलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६:४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
नारायणी मृत्यु