विदेश मुख्य समाचार

थाइल्याण्डको गुफामा फसेका १३ जनाकै सकुशल उद्धार

थाइल्याण्डको गुफामा फसेका १३ जनाकै सकुशल उद्धार


काठमाडाैं । दुर्इ सातादेखि थाइल्याण्डकाे गुफामा फसेका फुटबल कोचसहित १२ जना बालककाे सकुसल उद्धार गरिएको छ । गुफाबाट  आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो । 

 

उद्धार कार्यमा विभिन्न देशका उद्धार टोलीको सहभागिता रहेको थियो । उनीहरुको उद्दारका लागि पटक पटक गरी एक हजार जना उद्दारकर्ता खटिएका बीबीसीले जनाएको छ । 

 

उनीहरुलार्इ निगरानीका लागि अस्पतालमा सातदिनसम्म राखिने थाइ अधिकारीहरुले जनाएका छन् । संक्रमण नफैलियाेस भनेर उनीहरुलार्इ अलग–अलग राखिएकाे छ ।

 

गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक  र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।


बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए ।  गुफामा फसेका सबैको सकुशल उद्धार गरेको भन्दै विश्वका नेताहरुले उद्धारकर्ताहरुको प्रशंसा गरेका छन् । 

गुफा थाइल्याण्ड सकुशल उद्धार

विशेष