News व्यापार प्रवास अर्थ अपराध सुरक्षा समाज

हुन्डी कारोबारका फरार अभियुक्त सौरभ  १० किलो सुनसहित पक्राउ

हुन्डी कारोबारका फरार अभियुक्त सौरभ  १० किलो सुनसहित पक्राउ

वीरगंज। वीरगंजका चर्चित हुन्डी र सुन कारोबारु सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन्।

 

नेपाली रुपैयाँ सवा पाँच करोड मूल्य पर्ने १० किलो सुनसहित जैन शनिबार पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।वीरगंज महानगरपालिका वडा नं–६ रेशमकोठीका बासिन्दा सौरभ र उनका चालक दिलीप चौरसियालाई भारतको राजस्व निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सिलीगुडीबाट मुज्जफरपुर आउने क्रममा फुलवाडी–घोषपुकुर सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएको हो।

 

चालक चौरसियाले गाडीको पछाडिको सिटमा फिटिङ गरी सुन लुकाएको अवस्थामा नियन्त्रणमा लिइएको हो। सुन नेपालबाट भारत तस्करी गरी फेरि मुज्जफरपुर आसपासको बजारको लागि ल्याइरहेको थियो कि भन्ने विषयमा पनि डिआरआईको टोलीले अनुसन्धान गरिरहेको छ।

 

पक्राउ परेका दुबैलाई अदालतमा पेस गरी न्यायिक हिरासतमा राखी अनुसन्धान भइरहेको छ । पक्राउ परेका जैन र चौरसियासँग नेपाली नागरिकता फेला परेको अन्सन्धान टोलीले जनाएको छ। भारत बिहार, राज्य, पूर्वी चम्पारण घर भएका जैनले ०६३ सालमा नेपाली जन्मसिद्ध नागरिकता लिएका हुन् भने चौरसियाको वंशजको नागरिकता छ।

 

सौरभ जैन वीरगंजमा भएको हुन्डीकाण्डका फरार अभियुक्त हुन्। ०७३ सालमा जैन निवास वीरगंज–६ रेशमकोठीमा पर्सा प्रहरीले छापामारी गर्दा अवैद्ध रूपमा वित्तीय कारोबार गरेको घटना सार्वजनिक एको थियो। त्यस बेला जैन निवासबाट स्रोत नखुलेको २ करोड ३२ लाख नगद, तथा विभिन्न बैंकको चेक बरामद गरिएको थियो।

 

प्रहरीले तत्कालीन अवस्थामा सौरभका पिता सन्तोष जैन, आमा उषा जैन र भाई विक्की जैनलाई पक्राउ गरेको थियो। ४ करोड धरौटीमा रिहा भएका जैन परिवारमाथि अहिले पनि मुद्दा विचाराधीन छ। हुन्डी मुद्दामा सौरभ पहिले पनि भारतकै सिलिगुडीमा पक्राउ परी प्रहरीको हिरासतबाट फरार भएका थिए।

अभियुक्त पक्राउ

विशेष