News प्रदेश ३ राजनीति समाज

डाक्टर केसीका माग हुबहु सम्बोधन हुँदैनन् : गुरुङ

डाक्टर केसीका माग हुबहु सम्बोधन हुँदैनन् : गुरुङ

भक्तपुर  । नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्द केसीले उठाएका मागहरु हुबहु सम्बोधन हुन नसक्ने बताएका छन् । उनले हुबहु माग पुरा गर्नुपर्छ भन्ने भनाई गलत भएको बताए । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही जायज मागहरु पुरा हुने जानकारी दिए । 

 


चिकित्सा बिधेकका बारे जुम्लामा अनसनरत केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तयार भएपनि  केसीले नै नमानेको उनले बताए । उनका अनुसार केसीको स्वास्थ्यका बिषयमा सरकार  गम्भीर रहेको छ । 

 

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्विकृति बिना नै भएको उनले दाबी गरेका छन् ।  बिधिअनुरुप नभएकाले यस्तो उपकुलपतिको भ्रमणका बारे यस्तो अवस्था श्रृजना भएको उनले बताए । कोइरालाले पनि देशको कानुन भन्दा बाहिर गएर काम गर्न नमिल्ने उनको चेतावनी थियो । 

 

पेट्रोलिय पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनु पर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्य बृद्धि नियन्त्रण गर्न कठिनाई हुने उनले बताए । 
 

माग सम्बोधन

विशेष