News खेल

एथलेटिक्स सघको अध्यक्षमा पुनः बस्नेत 

शुसिला अाेली

एथलेटिक्स सघको अध्यक्षमा पुनः बस्नेत 

दाङ । दाङ जिल्ला एथलेटिक्स संघको अध्यक्षमा गिता बस्नेत राई चयन भएका छन् । सघको बेल्झुण्डिमा सम्पन्न तेस्रो अधिवेशनले पुनः गिता बस्नेत राईको अध्यक्षतामा ११ सदस्यीय दाङ जिल्ला एथलेटिक्स सघ पुनर्गठन गरिएको छ ।

 

 जसको उपाध्यक्षमा  लेखराज थापा र बिष्णुप्रसाद चौधरी, सचिवमा लक्ष्मण बस्नेत, कोषाध्यक्षमा पाल्पी चौधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा बिमल गौतम,लता थापा, संगिता शाह, निशेस अधिकारी लक्ष्मी नारायण चौधरी र केशरी गिरी रहेका छन् । 

 

अधिवेशनले यहि साउन २९ गते चितवनमा हुने नेपाल एथलेटिक्स सघको केन्द्रीय अधिवेशनमा दाङ जिल्लाको तर्फबाट जिल्ला अध्यक्ष गिता बस्नेतलाई प्रतिनिधि पठाउने र सघको आगामी बैठक साउन १८ गते बेल्झुण्डिमा बस्ने निर्णय गरेको छ ।

 

सघका अध्यक्ष गिता बस्नेतको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डागिको प्रमुख आतिथ्य एवं नेपाल एथलेटिक्स सघका केन्द्रिय सदस्य पद्मा चौधरीको विशिष्ठ आतिथ्यमा अधिवेशन भएको हो ।।

एथलेटिक्स

विशेष