News मुख्य समाचार प्रदेश ३

दलालको मेडिकल कलेज खुलोस् भन्ने प्रधानमन्त्रीको समाजवादलाई स्वागत छः गगन थापा

दलालको मेडिकल कलेज खुलोस् भन्ने प्रधानमन्त्रीको समाजवादलाई स्वागत छः गगन थापा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसी रहेका डा. गोविन्द केसीलाई पक्राउ गरिएको भन्दै संसदमा प्रमुख प्रतिपक्षी दलका सांसदले विरोध गरेका छन् ।

 

नेपाली कांग्रेसका सांसद गगन थापाले डा.केसीको पक्राउ विरुद्ध संसदमा आवाज उठाएका हुन् । आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले डा. केसीलाई पक्राउ गर्नु र दलाल पुजिपतिलाई जहाँ पनि मेडिकल कलेज स्थापना गर्न बाटो खोल्ने गरी विधेयक ल्याइएकाे भन्दै अापत्ति जनाए ।

 

मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोल्नु र जनताका छोराछोरीले निशुल्क चिकित्सक बन्न पाउन, गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याइयोस भनेर माग राख्ने डा. गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने भनि उनले आक्राेश व्यक्त गरे।

 

उनले भने,'मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा सदनमा चिकित्सा शिक्षाको विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीको समाजवादलाई नेपालमा हार्दिक स्वागत छ।’

गगन थापा डा. गोविन्द केसी प्रधानमन्त्री चिकित्सा शिक्षाको विधेयक

विशेष