News अर्थ

बि एण्ड सीका सञ्चालक प्रसाईको आरोपः गगन थापाले भिसी नियुक्ती गर्दा १४ करोड घुस खाएका हुन्

बि एण्ड सीका सञ्चालक प्रसाईको आरोपः गगन थापाले  भिसी नियुक्ती गर्दा १४ करोड घुस खाएका हुन्

काठमाडौं । बि एण्ड सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रमुख नेपाली कांग्रेसका नेता गगन थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर भिसी नियुक्ती गरेको गम्भिर आरोप लगाएका छन् ।

 

आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मेडिकल उद्योगी प्रसाईले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘डा.गोविन्द केसीलाई अनशन बसाउन उचाल्ने विवेकशील साझा पार्टीमात्रै नभएर गगन थापा पनि हुन भन्ने कुरा आज उनले संसदमा मलाई माफीया भनेर बोलेकोले नै पुष्टि हुन्छ । हेक्का रहोस गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्ती गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ।’

 

तत्कालिन स्वास्थ्यमन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘घुस भन्ने कुराको प्रमाण हुँदैन, यो त लेनदेनको विषय हो, लिने र दिनेलाईमात्रै थाहा हुन्छ, तर हामीलाई सुचना छ।’

 

आफूले नेपाललाई समृद्ध बनाउने उद्देश्यले दुई वटा कम्युनिष्ट मिल्नुपर्छ भनेर नै दुवै पार्टीका अध्यक्षहरुसँग आग्रह गरेको र त्यसको लागि पहल पनि लिएको सुनाउँदै प्रसाईले भने,‘उहाँहरुले मेरो घरमा साधारण दाल, भात खाँदा पनि खै के कसौंडीको भाँडोमा खै चामलको भात ख्वायो भनेर मलाई माफिया भनेछन्, हिजो मुलुकमा गणतन्त्र ल्याउनको लागि लड्ने म पनि हुँ।’  उनले आफूले दुई पार्टी मिलाएर के देशद्रोही गरें त भन्दै उल्टै प्रश्न समेत गरे ।

गगन थापा दुर्गा प्रसाई

विशेष