News अपराध सुरक्षा समाज

छोरीलाई करणी गरेको श्रीमतीले रंगेहात फेला पारेपछि‍....

छोरीलाई करणी गरेको श्रीमतीले रंगेहात फेला पारेपछि‍....

नेपालगञ्‍ज । एक वर्षदेखि छोरीलाई करणी गर्दै आएका बाबु पक्राउ परेका छन्। श्रीमती र छोराछोरीहरुसँगै बस्दै आएका ४० वर्षीय बाबुले १६ वर्षकी छोरीलाई लगातार करणी गर्दै आएका थिए।

 

छोरीलाई करणी गरेको श्रीमतीले रंगेहात फेला पारेपछि घटना बाहिर आएको हो। श्रीमतीले उजुरी गरेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । एक वर्षअघि घरमा कोही नभएको मौका पारेर छोरीलाई करणी गरेका ती व्यक्तिले त्यसपछि नियमित गर्दै आएका थिए ।

 

छोरीलाई डरत्रास देखाएका थिए । प्रहरीले शनिबार साँझ पक्राउ गरेको ती व्यक्तिविरुद्ध हाडनाता करणी मुद्दा प्रक्रिया अघि बढाएको छ। घरपरिवारसँगै संगोलमा बस्दै आएका ती व्यक्तिले घरमा मान्छे नभएको बेला या रातिमा मौका मिल्ने बित्तिकै छोरीलाई करणी गर्ने गरेको खुलेको छ। 

छोरी करणी बाबु पक्राउ

विशेष