अधिवक्ता अर्यालकाे ओलीलार्इ चेतावीः उन्मादको परिणाम ठीक हुँदैन
काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार तानाशाही, सर्वसत्तावादी र अधिनायवादी बाटोमा सरिक भएको गम्भिर आरोप लगाएका छन् । रिर्पोटर्स क्लब नेपालमा आइतवार आयोजित साक्षात्कारमा उनले यस्तो भनेका हुन् ।
‘सरकार जनताको पक्षमा भन्दा माफियाहरुको पक्षमा उभिएको छ । उपत्यकामा १० वर्षसम्म शिक्षण अस्पताल खोल्न नपाइने, निजी क्षेत्रका मेडिकलहरुको स्वास्थ्य सेवाको निगरानी गर्नुपर्ने, छात्रवृत्तिको उचित कार्यान्वयन गर्नुपर्ने, पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या, राप्ती अञ्चल अस्पताल र गेटा शिक्षण अस्पतालको समस्या समाधानबारे उहाँ अनशनमा हुनुहुन्छ’, उनले भने, ‘हामी उहाँको साथमा छौं, यदि सरकारले पूर्व सहमतिबिना काम गर्न थाल्यो भने हामी सकडबाट त्यसको विकल्प खोज्छौं ।’
आन्दोलन र विरोधका कार्यक्रमबारे गृहमन्त्रालयले जारी गरेको आदेशलाई संविधानको भावनाविपरीत रहेको अधिवक्ता अर्यालको टिप्पणी छ । ‘लोकतन्त्र बहुमत संख्यामात्रै होइन, जनताको आवाज पनि हो, कानूनी आधार बिनाका कुनैपनि कार्यहरु हामीलाई स्विकार्य हुँदैनन्, हाम्रो समर्थन सत्य कामका लागि हुन्छ, देश र जनताको पक्षमा हुन्छ’, उनले भने, ‘सरकार सेवक हो, जनता मालिक हुन, सरकारले जनतालाई रैती सम्झिरहेको छ, यो गलत छ, उन्मादको परिणाम ठीक हुँदैन ।’
प्रधानमन्त्री केपी शर्मा ओली ओमप्रकाश अर्याल