News अपराध सुरक्षा मुख्य समाचार

नागढुंगामा फेरि ६ किलो सुनसहित एक जना समातिए

नागढुंगामा फेरि ६ किलो सुनसहित एक जना समातिए

काठमाडौं । काठमाडौंको थानकोटबाट ६ किलो अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।  महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार साँझ ६ किलो सुन बरामद गरेको हो। 


विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

 

 पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।स्रोतका अनुसार थप गाडीमा पनि सुन रहेको आशंकामा प्रहरीले खानतालासी गरिरहेको छ। प्रहरीले नागढुंगामा शनिबार ३ किलो सुन बरामद भएको थियो। जसमा संलग्न ५ जनालाई आइतबार सार्वजनिक गरिएको  थियाे । 

विशेष