News अर्थ समाज प्रदेश २

टेलिकमको वीरगंज शाखामा अख्तियारको छापा

टेलिकमको वीरगंज शाखामा अख्तियारको छापा

वीरगंज। नेपाल टेलिकमको क्षेत्रीय कार्यालय वीरगंजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। हेटौंडाबाट गएको तीन सदस्यीय टोलीले कार्यालयमा छापा हानेर आवश्यक कागजात र फाइलहरु लिएर गएको कार्यालयका प्रमुख रामकैलाश पाण्डेले बताए।

 

पछिल्लो समयमा कार्यालयमा कार्यरत नेपाल टेलिकम वर्कर्स युनियनबाट अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। यही उजुरीका आधारमा अख्तियारले छापा मारेको हो। ‘अहिले धेरै भन्न मिल्दैन, अख्तियारले केही विषयमा छानविन गर्न छापा मारेको हो।’उनले भने। उनी कार्यालय प्रमुख भएर आएको नौ दिन मात्रै भएको छ।

 

‘म भर्खरै कार्यालयमा आएको छु,कार्यालयमा कसले कसरी अनियमितता गर्योभन्ने विषयमा मलाई जानकारी छैन,’उनले भने, ‘यदि कसैले भ्रष्टाचार गरेको छ भने उसलाई कारवाही हुनुपर्छ ।’यता, असार ५ गते नेपाल टेलिकम वर्कर्स युनियनका क्षेत्रीय अध्यक्ष पुरन साहको नेतृत्वमा गएको एक टोलीले क्षेत्रीय कार्यालय श्रीपुरका क्षेत्रीय निर्देशक प्रतुल सरकारले अनियमितता गरेको भन्दै उजुरी गरेका थिए।

अख्तियार छापा

विशेष