News राजनीति

राप्रपाले ५० हजार सक्रिय सदस्य बनाउने

राप्रपाले ५० हजार सक्रिय सदस्य बनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्यता वितरणलाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ ।

 

राप्रपाले यो अभियान अन्तर्गत पाँच महिना भित्र ५० हजार सक्रिय सदस्य बनाउने भएको हो ।

 

अघिल्लो निर्वाचनमा चौथो ठुलो राजनीतिक शक्तिको रुपमा उदाएको राप्रपा अहिलेको निर्वाचनमा राष्ट्रिय दलको हैसियत समेत कायम राख्न नसक्ने गरि खुम्चिएको थियो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

 

 दुईदिन सम्म बसेको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठकले मंसिर मसान्तसम्म नयाँ थप ५० हजार सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

विशेष