News अपराध सुरक्षा

लागूऔषधमा संलग्न रहँदै आएका एक युवक पक्राउ

लागूऔषधमा संलग्न रहँदै आएका एक युवक  पक्राउ

लागूऔषध विक्री वितरणमा संलग्न रहँदै आएको एक जना युवक गोंगबुबाट पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का २० वर्षीय मनिष बस्नेत रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले लागूऔषध मनोद्विपक पदार्थ २ हजार ३ सय ७९ एम्पुलसहित बस्नेतलाई पक्राउ गरेको हो ।

 

उनको साथबाट डाइजेपाम ७९३ एम्पुल, बुप्रिनर्फिन नुफिन ९९३ र फेनारगन ७९३ गरी २३७९ एम्पुल र नाइट्रोजेपाम १५ सय ट्याब्लेट बरामद गरिएको ब्यूराले जनाएको छ ।

लागूऔषध मनिष बस्नेत

विशेष