News ताजा खबर समाज

पहिरोले ज्यान गुमाएका ३ जनाकाे परिवारलाई राहत दिने

पहिरोले ज्यान गुमाएका ३ जनाकाे परिवारलाई राहत दिने

जिल्ला विपद् व्यवस्थापना समिति भक्तपुरले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले ज्यान गुमाएका ३ जनाकाे परिवारलाई  १ लाख रुपैयाँको दरले राहत दिने भएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर टहरो पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

 

यसअघि पहिरोले एकैपरिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको थियो ।यसैबीच, गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर बिहीबारसम्म ५६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।त्यस्तै, ३७ जना घाइते रहेको बताइएको छ ।

 

बाढी तथा पहिरो प्रभावितहरुलाई सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमार्फत राहत वितरण गर्ने काम भइरहेको गृहले जनाएको छ ।
 

पहिरो जिल्ला विपद् व्यवस्थापना समिति

विशेष