News विदेश

पुटिन मेराे ‘शत्रु’ नभई ‘प्रतिस्पर्धी’ मात्र : ट्रम्प

पुटिन मेराे ‘शत्रु’ नभई ‘प्रतिस्पर्धी’ मात्र : ट्रम्प

ब्रसेल्स। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन आफ्नो ‘शत्रु’ नभई ‘प्रतिश्पर्धी’ भएको बताएका छन्। 

 

नेटो शिखर सम्मेलनको अघिल्लो दिन मात्रै पुटिनसँग भेट गरेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन्।

 

एक पत्रकारले सोधेको ‘के पुटिन तपाईंको शत्रु हुन्?’ भन्ने प्रश्नको जवाफमा उनले भने,‘होइन, पुटिन मेरो शत्रु होइनन्। उहाँ मेरो साथी पनि होइन। मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु।’

 

‘पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हुनुहुन्छ। हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,’ ट्रम्पले भने,‘आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ।’

 

बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिएका हुन्।

डोनाल्ड ट्रम्प भ्लादिमिर पुटिन

विशेष