News स्वास्थ्य

उपचार सेवाप्रति विश्वस्त छैनन् बिरामी

उपचार सेवाप्रति विश्वस्त छैनन् बिरामी

उपचारका लागि सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति भएर पनि जिल्लाका बासिन्दा यहाँको उपचारमा विश्वस्थ हुन नसकेको पाइएको छ ।
मेडिकल सिटिका रुपमा भरतपुरलाई चिनाउन चाहे पनि २५ प्रतिशत हाराहारी जिल्लावासीले उपचारको गन्तव्य जिल्ला बाहिर बनाउने गरेका छन् । 
 

सुविधा सम्पन्न एउटा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, एक केन्द्रीयस्तरको सरकारी अस्पताल, एउटा आँखा अस्पताल र १८ वटा १५
श्ययाभन्दा माथिका निजी अस्पताल भरतपुर महानगरपालिकामा छन् । 


त्यसैगरी उत्कृष्ट सुविधा दिने उद्देश्यले खोलिएका रेडियोलोजी र प्याथोलोजी पनि सञ्चालनमा रहेपनि जिल्लाका बिरामी पूर्णरुपमा सन्तुष्ट भएको पाइँदैन । दैनिक ५० भन्दाबढी एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ जाने गर्दछन् भने चार्टर हेलिकोप्टर, जहाज, निजी सवारी साधन र सार्वजनिक बसबाट पनि बिरामी काठमाडौँ जाने गरेको पाइन्छ । 
 

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने जिल्लामा उपचार हुन नसकेरभन्दा पनि अन्य विभिन्न कारणले काठमाडौँ बिरामी जाने गरेको बताउनुहुन्छ । काठमाडौँका ठूला भनिएका अस्पतालले यहाँका केही चिकित्सकलाई प्रलोभनमा पारेर बिरामी झिकाउने, हेलिकप्टर कंपनीले कमिसन दिएर दलाल परिचालन गरी बिरामी पठाउने, एम्बुलेन्स चालकको क्षेत्रमा कमिसनको चलखेलका कारण बिरामी काठमाडौँ जान चाहने गरेको उहाँको भनाइ छ । 

अस्पताल मेडिकल कलेज

विशेष