औद्योगीक क्षेत्रमा विष्फोट हुँदा १९ जनाको मृत्यु
एजेन्सी : चीनको सिचुआन प्रान्तको एउटा औद्योगीक क्षेत्रमा विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । विष्फोटमा परी १२ जना घाइते भएका छन्।
स्थानीय समय अनुसार बिहीबार साँझ साढे ६ बजे दक्षिणपश्चिम सिचुआन प्रान्तको जियानमा रहेको औद्योगीक पार्कमा रहेको यीविन हेङडा टेक्नोलोजीको केमिकल प्लान्टमा विष्फोट भएको प्रान्तीय सुरक्षा प्रशासनलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।
विष्फोटपछि लागेको आगो शुक्रबार विहानसम्म नियन्त्रणमा लिइएको थियो । विष्फोटमा परी घाइते भएकाको अवस्था स्थिर रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
२०१५ को जुलाईमा दर्ता भएको कम्पनीले खाद्यान्न र औषधि उत्पादनका लागि केमिकल उत्पादन गर्दै आएको थियो ।
दुर्घटनाको अनुसन्धान भइरहेको बताइएको छ । विष्फोटको कारण हालसम्म खुल्न नसकेको बीबीसीले जनाएको छ । समाचार अनुसार उद्योको तीन तले भवन ध्वस्त भएको छ ।
चीन औद्योगीक क्षेत्रमा विष्फोट