चिकित्सक अान्दाेलन: आकस्मिक बाहेकका सेवा ठप्प, मार्इतीघरमा अाेपिडी सेवा(फाेटाेफिचर)

काठमाडाैं । डा. गोविन्द केसीको मागहरू सम्बोधन गर्न सरकारसँग माग गर्दै आन्दोलनरत डाक्टरहरूले माइतीघर मण्डलामा आज प्रदर्शन गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनशनरत छन् ।
उनको जीवनरक्षाको लागि सरकारले कुनै चाँसो नदेखाएको भन्दै डाक्टरहरूले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । शिक्षण अस्पतालमा भने आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले माइतीघरमा ओपिडी सेवासमेत दिएको आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डेले जानकारी दिए ।