News कला साहित्य

भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व छ : प्रधानमन्त्री ओली

भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व छ : प्रधानमन्त्री ओली

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले साहित्यको माध्यमबाट नेपाल र नेपालीलाई एकताको सुत्रमा बाँधेको बताएका छन् ।

 

२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भानुभक्तले समाज सुधारको लागि भानुभक्तका लेखनले ठुलो प्रभाव पारेको बताए ।

 

प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण सँगै उनले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको समेत बताए । 

 

प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । उनले यस सम्बन्धमा सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गर्ने प्रतिवद्धता जनाए  ।

प्रधानमन्त्री केपी शर्मा ओली आदिकवि भानुभक्त आचार्य

विशेष