रथयात्रामा सामाजिक विकासमन्त्री जीवन घिमिरे

विराटनगर : आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानु कला केन्द्रले भानुभक्तको फोटो सहितको रथयात्रा निकालेको छ ।
विराटनगर सन्सारीमाईस्थानबाट निकालिएको सो रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । रथयात्रामा प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायत, साहित्यकार, कवि, सञ्चारकर्मी, कलाकार र सर्वसाधारणको सहभागिता थियो ।