News कला साहित्य

भिखारीको ‘समुन्द्र साउती’ बजारमा 

भिखारीको ‘समुन्द्र साउती’ बजारमा 

काठमाडाैं । कवि बद्री भिखारीको नयाँ कवितासंग्रह ‘समुद्र साउती’ बजारमा आएको छ । शुक्रबार शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमकाबीच संग्रह सार्वजनिक गरिएको हो ।

 

वरिष्ठ कवि तुलसी दिवस, कवि श्यामल,  जसराज किराती, महेश पौडेल र स्वप्निल स्मृतिले संग्रहको लोकार्पण गरेका हुन् । समारोहमा बोल्दै समीक्षक महेश पौडेलले  बद्री भिखारीका कवितामा शालिन विद्रोह र  विनम्रता पाइने बताए ।

 

यस्तै  प्रमुख अतिथि कवि तुलसी दिवसले भिखारीको कवितामा नवीनतम कथ्यसहितको बिम्बहरू पाइने बताए ।इटहरीमा बसेर काव्य साधना गरिरहेका कवि बद्री भिखारीको यो तेस्रो संग्रह हो । उनका यसभन्दा अघि ‘हत्केला भरिका रेखाहरू’(मुक्तकसंग्रह) र  ‘माड्सापका झोला’(कवितासंग्रह) प्रकाशित छन् । 

 

संग्रहलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।
 

कवि बद्री भिखारी कवितासंग्रह समुद्र साउती

विशेष