News मुख्य समाचार राजनीति

ओलीले नेपाली काग्रेसलाई होच्याउँदै भने ‘अब झिनामसिना कुराले संसदको कार्य अवरुद्ध हुदैँन‘

ओलीले नेपाली काग्रेसलाई होच्याउँदै भने ‘अब झिनामसिना कुराले संसदको कार्य अवरुद्ध हुदैँन‘

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक/दुई जनाले सांसदको कार्यमा कुनै बाधा नआउने बताए । उभिएकै भरमा संसद अवरुद्ध नहुने बताए । 

 

शुक्रबार नेकपाका तीन नं प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले, 'दुईचार जना मान्छेले गलत नियतले उभिंदा संसद रोकिदैन ।'

 

ओलीले 'एउटा निहुँ झिकेर दुईजना सांसद ठिंरिङ उभिंदा संसदका गतिविधी अवरुद्ध हुदैँन् । 'नेपाली काँग्रेसले झिनामसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंरिङ उभिएर संसदको कारबाही अवरुद्ध हुने कार्य अब हुदैँन् ।' 

 

प्रधानमन्त्रीओलीले, 'देश विकासका कुरा,जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्न नहुने बताए ।'

 

सांसदहरुको जिज्ञासाको जवाफदिने क्रममा ओलीले, 'श्रावन महिनाभित्रै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए । श्रावनभित्र पार्टी एकिकरण प्रक्रिया सकिन्छ ।'

 

त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन्, ओलीले भने . 'अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।'


 

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष