News ताजा खबर

उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा सुरु, खोलाहरूमा बाढी आउने सम्भावना

उत्तरपूर्वी क्षेत्रमा  ठूलो  वर्षा सुरु, खोलाहरूमा बाढी आउने सम्भावना

काठमाडौंको केही खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ ।

 

धोवी खोला, बागमती, नागमती, सालिनदी, मनोहरा लगायतका क्षेत्रमा बाढी आउने सम्भावन रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ । आज काठमाडौंको उत्तरपूर्वी क्षेत्र शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा सुरु भएको वर्षाले केही क्षेत्रहरू प्रभावित बन्न सक्ने विभागको आंकलन छ । 

 

विभागले बुढानिलकण्ठ आसपास पनि ठूलो वर्षा रहेको भन्दै विष्णुमती नदीमा पनि बहाव बढ्ने सम्भावना रहेको जनाएको छ ।

 

खोला आसपासका स्थानमा  सतर्क रहन स्थानिय लगायत सबैलाई विभागको आग्रह छ । 
 

बाढी मौसम विज्ञान विभागले

विशेष